महानगरपालिकाका लागि डिपिआर शुरु
नेपालगन्ज २६ फागुनः नेपालगन्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन शुरु भएको छ ।
महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजना समेत तयार भईरहेको छ ।
नगर प्रमुख डाक्टर धवल शम्शेर राणाका अनुसार बुधबार यसै सन्दर्भमा प्रारम्भिक तयारी तथा छलफल सम्पन्न भएको छ ।
यसका लागि नगर प्रमुख राणाले राजनीतिक पार्टीको आबद्धता भन्दा माथी उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिए ।
आम नागरिकहरु आप्mनो शहरलाई महानगरपालिका बनाउन ईच्छुक भएपनि राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने राणाले बताए ।
डिपिआरको काम गरिरहेको संस्था अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडाअध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती थियो । टोलीले वडा तहसम्म पुगेर पनि काम गर्नेछ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू