नेपालगन्ज २६ फागुन : देशभर पछिल्लो २४ घण्टामा थप १०४ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ४ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय ११ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८८ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २२ लाख ३ हजार ४ सय ३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल देशभर ५५ जना क्वारेन्टिनमा रहेकाछन् ।
पछिल्लो २४ घण्टामा ६३ जना उपचारपछि डिस्चार्ज हुदाँ नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ ।