नेपालगन्ज २६ फागुन : हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको एक शिवरात्री यस वर्ष भोलि (बिहीबार) मनाइदैछ ।
शिवरात्रिको पूर्वसन्ध्यामा पश्चिम नेपालकै प्रशिद्ध शक्तिपिठ नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गेश्वर महादेव झकिझकाउ पारिएको ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ । शिवरात्रिलाई लक्षित गर्दै बागेश्वरी मन्दिर सहित महादेव रहेको स्थान झकिझकाउ पारिएको हो ।
यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्री जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।
हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् ।




लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू