वडाअध्यक्ष बर्माको सक्रियताले विकास निर्माणमा तिव्रता


वडाअध्यक्ष बर्माको सक्रियताले विकास निर्माणमा तिव्रता

नेपालगन्ज २८ फागुन : भनिन्छ ईच्छशक्ति भयो भने रोकिएका र बन्द भएका कामले पूर्णता पाउँछ । यस्तै उदाहरणीय कार्य गरिरहेका छन् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष दीपक बर्मा ।

वडाअध्यक्ष दीपक बर्मा वडामा मात्र नभइ समग्र उपमहानगरमै विकासप्रेमी नेताका रुपमा परिचित छन् । उनी वडाको विकास निर्माण होस् वा वडामा रहेका अन्य कुनै समस्या तुरुन्त अग्रसर भइहाल्छन् ।

जननिर्वाचित भएर आएसंगै केही न केही नयाँ कार्य गर्दै आएका वडाअध्यक्ष बर्माको पछिल्लो समय सक्रियता बढेर आएकोछ ।

वडामा सोलार विजुली जडान गर्न होस्, हाइमास्ट लाईट जडान वा वडाबाट प्रवाह गर्ने सेवासुविधा नै किन नहोस् तदारुक्ताका साथ अघि बढ्ने वडाअध्य बर्मालाई एकपछि अर्को गरि सफलता पनि मिल्दै गएकोछ । वडाका साना साना मुद्दा हुन् वा ठूला योजना उनी सम्बन्धित ठाउँमै पुगेर समस्या समाधानका लागि अग्रसरता देखाइरहन्छन् ।
विकासप्रेमी र युवा जोसकै कारण यतिबेला वडा अध्यक्ष बर्माले आफ्ना वडाको विकास निमार्णमा तदारुक्ताका साथ कार्य गरिरहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, नेपालगन्ज वडा नम्बर–१८ सिक्टा सिँचाईको कार्यालय पूर्व जाने सडक कालोपत्रे गर्नका लागि वडा अध्यक्षले शिलन्यास गरेकाछन् । यसअघि कारकाँदोदेखि नन्दनीमिल जोड्ने बाइपास सडक निर्माणका लागि उनले शिलन्यास समेत गरिसकेका छन् ।

वडा अध्यक्ष वर्माले सिक्टा सिँचाईको कार्यालयदेखि पूर्व जाने बाटोको एक कार्यक्रमका बीच शिलन्यास गरे ।

एक हजार ५ सय ५० मिटरको सो सडक आठमिटर चौडा रहनेगरि निर्माण गरिदैँछ । करिव पाँचसय मिटरसम्म पक्की नाली समेत रहने वडाअध्यक्ष बर्मा बताउँछन् ।
सो सडक सिक्टा पूर्व हुँदै श्रमिक कार्यालय–हुनमान मन्दिर जोड्ने र उत्तर सिद्धार्थ भ्यू पूर्वपट्टिको चर्चसम्म जोड्ने बताईएको छ । सो शिलन्यास कार्याक्रममा वडा सदस्य दिगवजय ढुंगाना लगायत स्थानीय टोलबासीहरुको सहभागिता रहेको थियो ।

वडा नम्बर–१८ मा विशलनगर–बाँनिया गाँउ, तेजनगरमा थप कालोपत्रे कारकाँदोमा नाला सहितको कालोपत्रे, वाईपास– मानव विकास आश्रम, पशुपतिनगर ट्राभल भिलेज जाने बाटो निर्माणको चरणमा र केही प्रकृयामा रहेको वडा अध्यक्ष बर्माले समेत बताए ।

हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै पाउन सक्छन् । वडाअध्यक्षको एकल प्रयासले मात्र यी काम सम्भव थिएन । त्यसैले उनको साथमा निर्वाचित जनप्रतिनिधिसंगै स्थानीयबासीको समेत भरपूर साथ र सहयोग रहँदै आएकोछ ।