नेपालगन्ज २९ फागुन : पछिल्लो समय नेपालमा ६० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा १ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय १५ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६२ जनाको पीसिआर परीक्षण गर्दा ६० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २२ लाख १२ हजार ७ सय ९६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या ३ हजार १४ पुगेको छ । हाल ४९ जना क्वारेन्टिनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ७२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।