नेपालगन्ज २ चैत : ‘विश्व उपभोक्ता अधिकार दिवस–२०७७’ बाट नेपालगन्जमा क्रियाशिल पत्रकार अर्जुन ओली सम्मानित भएका छन् ।
आम सञ्चारको माध्यमबाट उपभोक्ता शिक्षा र सचेतनाका लागि विभिन्न लेख, रचना र समाचार प्रकाशन/प्रशारण गरी उपभोक्ताको हकहित र अधिकार संरक्षणमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नागरिक दैनिकमा कार्यरत पत्रकार ओलीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने पत्रकार नागरिक दैनिकमा आबद्ध छन् । उनी नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष समेत हुन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख डाक्टर धवलसम्शेर राणा, उपप्रमुख उमा थापामगर लगायतले सम्मान पत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।
यसैगरी सोही कार्यक्रममा उपभोक्ता अधिकारका पक्षमा वकालत गरेको मुल्यांकन स्वरुप अधिवक्ता बसन्त गौतम र मापदण्ड पुरा गरी गुणस्तरिय बस्तु बिक्री वितरण गरेको भन्दै ब्यवसायी दीपेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
सो कार्यक्रममा नगर प्रमुख डाक्टर राणा, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्णप्रसाद पौड्याल, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख मोहन सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, सम्मानित ब्यक्तिका तर्फबाट पत्रकार ओली लगायतले मन्तब्य राखेका थिए ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू