वडा नम्बर १८ मा दीपकले गरे ‘विकासै विकास’


वडा नम्बर १८ मा दीपकले गरे ‘विकासै विकास’

नेपालगन्ज ३ चैत : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक बर्मा विकास प्रेमी नेताका रुपमा परिचित छन् । युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष बर्मा वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण छन् ।

वडा अध्यक्ष बर्माको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गरेकाछन् । वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष बर्मा वडामा विकास प्रेमी नेताकारुपमा परिचित छन् । आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उनले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले देख्न पाउँछ ।

यही फागुन २८ गते नेपालगन्ज वडा नम्बर–१८ सिक्टा सिँचाईको कार्यालयदेखि पूर्व जाने सडक कालोपत्रे गर्नका लागि शिलन्यास गरेका वडा अध्यक्षले हप्तादिन वित्न नपाउँदै फेरि अर्को बाटो शिलन्यास गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

आज उनले नेपालगन्ज उप– महानगरपालिका वडा नम्बर १८ पशुपतिनगर स्थित ऋचा लुइँटेलको घरबाट राधास्वामी सत्संग आश्रम जाने बाटो २४० मीटर आरसीसी (पक्कि) र नालि ३०० मीटर ‘अस्फाल्ट’ सडक कालो पत्रेको शिलन्यास गरेका हुन् ।

वडा अध्यक्ष दीपक बर्माले योसगैं हप्तादिनमै थप चार वटा बाटोको शिलान्यास गरेका छन् । उनका अनुसार वडाका अन्य क्षेत्रमा अझै थप पक्कि बाटो निर्माण गर्ने तयारि भएकोछ ।

वडाअध्यक्षले शिलान्यास मात्रै होईन कामलाई पनि तीब्र गतिमा अघि लिएर बढेकाछन् । सिद्धार्थ भ्यूदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो र गुलरिया बाईपास देखि उत्तर कारकाँदौ गाउँ भित्र जाने बाटोको निर्माण कार्य तिब्र गतिमा चलेको छ । यो सडक केही दिनमै कालो पत्रे हुने तयारी अवस्थामा रहेको छ ।

भनिन्छ ईच्छशक्ति भयो भने रोकिएका र बन्द भएका कामले पूर्णता पाउँछ । यस्तै उदाहरणीय कार्य गरिरहेका छन् वडाअध्यक्ष बर्मा । वडाअध्यक्ष दीपक बर्मा वडामा मात्र नभइ समग्र उपमहानगरमै विकासप्रेमी नेताका रुपमा परिचित छन् ।

उनी वडाको विकास निर्माण होस् वा वडामा रहेका अन्य कुनै समस्या तुरुन्त अग्रसर भइहाल्छन् । जननिर्वाचित भएर आएसंगै केही न केही नयाँ कार्य गर्दै आएका वडाअध्यक्ष बर्माको पछिल्लो समय सक्रियता बढेर आएकोछ । वडामा सोलार विजुली जडान गर्न होस्, हाइमास्ट लाईट जडान वा वडाबाट प्रवाह गर्ने सेवासुविधा नै किन नहोस् तदारुक्ताका साथ अघि बढ्ने वडाअध्य बर्मालाई एकपछि अर्को गरि सफलता पनि मिल्दै गएकोछ । वडाका साना साना मुद्दा हुन् वा ठूला योजना उनी सम्बन्धित ठाउँमै पुगेर समस्या समाधानका लागि अग्रसरता देखाइरहन्छन् ।

विकासप्रेमी र युवा जोसकै कारण यतिबेला वडा अध्यक्ष बर्माले आफ्ना वडाको विकास निमार्णमा तदारुक्ताका साथ कार्य गरिरहेकाछन् ।

यस्तै वडा नम्बर–१८ मा विशलनगर–बाँनिया गाँउ, तेजनगरमा थप कालोपत्रे, कारकाँदोमा नाला सहितको कालोपत्रे, वाईपास– मानव विकास आश्रम, पशुपतिनगर ट्राभल भिलेज जाने बाटो निर्माणको चरणमा र केही प्रकृयामा रहेको वडा अध्यक्ष बर्माले समेत बताए ।

हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै पाउन सक्छन् । वडाअध्यक्षको एकल प्रयासले मात्र यी काम सम्भव थिएन । त्यसैले उनको साथमा निर्वाचित जनप्रतिनिधिसंगै स्थानीयबासीको समेत भरपूर साथ र सहयोग रहँदै आएकोछ ।

योसंगै वडाका विभिन्न ठाउँमा पार्क, मन्दिर, पीसीसी बाटो, सोलार बत्ति जडान, माटो पटान तथा ग्राबेल, स्वास्थ्य शिबिर, बिधुुत पोल जडान लगायतका कार्य पनि उनकै नेतृत्वमा भइरहेकोछ ।