नेपालगन्ज ६ चैत : नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
पूर्वमन्त्री समेत रहेका जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए ।
गत फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’