नेपालगन्ज ६ चैत : नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
पूर्वमन्त्री समेत रहेका जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए ।
गत फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।