एनएमबि बैंकको निदान डाईग्नोस्टिकसंग सम्झौता

स्वास्थ्य सम्बन्धि सेवामा छुट, डिलाईट कार्डमाफर्त कुनैपनि बैंकको एटिएमबाट पैसा निकाले पैसा नलाग्ने


एनएमबि बैंकको निदान डाईग्नोस्टिकसंग सम्झौता

नेपालगन्ज ११ चैत : एनएमबि बैँक लिमिटेडले आफ्ना ग्राहक वर्गलाई थप सेवा दिन निदान डाईग्नोस्टिक एण्ड हेल्थ केयर प्रालिसँग सम्झौता गरेकोछ ।

एनएमबि बैंकले निदानसंग विभिन्न डाईग्नोस्टिक सम्बन्धि सेवाहरुमा छुट प्रदान गर्ने गरि सम्झौता गरेको हो ।

एनएमबि बैंक नेपालगन्ज शाखाका विजनेश डेभलपमेन्ट म्यानेजर सुरेन्द्र कडायतका अनुसार यो सम्झौता पश्चात एनएमबि बैँकका ग्राहकहरुले भिसा कार्ड तथा क्यू आरको माध्यमबाट भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

निदान डाईग्नोस्टिक एण्ड हेल्थ केयर प्रालि नेपालगन्जले स्वास्थ्य सम्बन्धि सिविसी, एलएफटी, टिएफटी, आरएफटी, क्याल्सियम ब्लड ग्रुप, ब्लड सुगर, मलेरिया, टाईफाइड, डेन्गु, एचआइभी, एचसिभी, यूरिक एसिड, यूरिन–स्टूल सी/एस आर/ई लगायत अन्य मेडिकल टेस्टसेवा दिदैँ आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बैँकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिलाइट कार्ड मार्फत जुनसुकै बैँकको एटिएमबाट विना शूल्क रकम झिक्न सक्ने व्यवस्था गरेको बैंकका विजनेश डेभलपमेन्ट म्यानेजर सुरेन्द्र कडायतले जनाकारी दिए ।

त्यसैगरि मोबाइल बैँकिङ, क्यूआर कोड, अनलाइन कर्जा, अनलाइन खाता खोल्ने लगायतका कार्यहरु बैँकको शाखामा उपस्थित नभई जुनसुकै ठाँउबाट गर्न सकिने व्यवस्था गर्देै आएको छ ।