सीमामा आउजाउ गर्न रोक, नेपाली सेनासहित सबै सुरक्षाकर्मी परिचालन


सीमामा आउजाउ गर्न रोक, नेपाली सेनासहित सबै सुरक्षाकर्मी परिचालन

नेपालगन्ज ११ चैत : कोरोना भाइरस संक्रमणको दोस्रो लहरको जोखिम बढेसंगै बाँके प्रशासनले तदारुक्ता देखाएकोछ ।

कोरोनाको जोखिम बढेसंगै सीमावर्ती क्षेत्रमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न रोक लगाउँदै जिल्लाका सबै सुरक्षा संयन्त्रलाई परिचालन गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्वास्थ्य उपचार लगायत अत्यावश्यक काम बाहेक सामान्य किनमेलका लागि दैनिक सीमावर्ती बजार जानमा रोक लगाएकोछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको अध्यक्षतामा बसेको केन्द्रको बैठकले ७ बुँदे निर्णय गर्दै कोरोना भाइरस रोकथाममा सबैमा आग्रह समेत गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि यसअघि जिल्लाका आठ वटै स्थानीय तहमा सञ्चालनमा आएका क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, कोभिड विरुद्धको जनस्वास्थ्यका मापदण्ड पालनाका लागि समुदाय तहमा ब्यापक प्रचारप्रसार र चेतनामुलक सन्देश प्रवाह गर्न निर्देशन दिएकोछ ।

यस्तै सीमानाकाबाट प्रवेश यात्रुहरुको एन्टिजिन परीक्षणका लागि थप आवश्यक पर्ने एन्टिजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग माग गर्ने, यात्रुहरुको दैनिक अभिलेख राखि नाकामा रहेको स्वास्थ्य डेस्कमा सबै यात्रुहरुको अनिवार्य स्वास्थय परीक्षण गर्ने, सोक्रममा लक्षण देखिएकाको तत्काल एन्टिजिन परीक्षण गरि सामान्य अवस्थाका यात्रुलाई कम्तिमा १० दिन स्वास्थ्य मापदण्ड पुरा गरि होम क्वारेन्टिन बस्ने ब्यवस्था गरि गम्भीर प्रकृतिका विरामीलाई भेरी अस्पताल रिफर गर्ने निर्णय गरेकोछ ।

यसैगरी नजिकिदै गरेको फागु पूर्णिमा(होली) लगायतका चाडपर्व र अत्यावश्यक बाहेकका गोष्ठि, सेमिनार, भेला र कार्यक्रम नगर्ने गर्नै पर्ने भएमा अनिवार्य रुपमा कोभिड विरुद्धको जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, भेरी अस्पतालको आइसोलेसन वार्ड अझ प्रभावकारी बनाउने र आवश्यक परेमा कोहलपुर मेडिकल कलेजमा रहेको आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने, सबै सार्वजनिक निकाय, शिक्षण संस्था तथा व्यवसायिक फर्महरुमा अनिवार्यरुपमा जनस्वास्थ्यका मापदण्ड पुरा गर्न लगाउने निर्णय गरेकोछ ।

पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि धमाधम नेपाली घर फर्कदै छन् । नेपाल फर्किएका केहीमा समेत कोरोना संक्रमण देखिएपछि यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सर्तकता अपनाउन भन्दै सबैमा आग्रह गरेको थियो ।