नेपालगन्ज: नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पु¥याउने भएको छ ।
प्राधिकरणले भूपरिबेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्याण्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो ।
समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको लागि सम्भाव्यता अध्ययन गराउन लागेको छ । त्यसका लागि प्राधिकरणले सोमबार सूचना प्रकाशन गर्दै ईच्छुक कम्पनीसँग परामर्शदाताका रुपमा काम गर्न प्रस्ताव माग समेत गरेको छ । समुन्द्रसम्म इन्टरनेट केबल नेपालले पु¥यासगैं यसको क्षमतामा बृद्धि हुने अपेक्षा गरिएकोछ ।