नेपालगन्ज: जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विर विक्रम २’को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ले चलचित्र बजारमा
राम्रै चर्चा पाइरहँदा यसको निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक हुन लागेको दोश्रो गीतमा नायक पल शाह र नायिका वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।
चलचित्रको ट्रेलर अगावै दोश्रो गीत सार्वजनिक गर्ने यसको निर्माणपक्षले बताएको छ । अजरबैजान पुगेर छायांकन गरिएको दोश्रो गीतको बोल ‘बाचा छ कि मरेर पनि खाएको कसम’ हो । यो गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर, ताराकै संगीत छ भने नरेश भट्टराइको यसमा शब्द छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘विर विक्रम २’मा पल र वर्षाको अलवा नाजिर हुसेनको मुख्य भूमिका छ ।
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर