File Photo
नेपालगन्ज १७ चैत : नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमित संख्या उकालो लाग्दै गएकोछ । कोरोना संक्रमणको ग्राफ फेरि बढ्न थालेपछि कोरोना संक्रमणको दोस्रो लहर शुरु हुने डरले यतिबेला सबैलाई पिरोलिरहेकोछ ।
छिमेकी देश भारतमा नयाँ भेरिएन्टको कोरोना भेटिएसंगै दोस्रो चरणको कोरोना संक्रमण लहर शुरु भइसकेकोछ । भारतका विभिन्न स्थानमा रहेका नेपालीहरु दोस्रो चरणको कोरोना संक्रमण लहर शुरु भएपछि धमाधम नेपाल भित्रिरहेकाछन् । यसरी नेपाल भित्रिएका नेपालीमा समेत कोरोना संक्रमण भइरहँदा नेपालमा कोरोना संक्रमणको दोस्रो लहर देखिने प्रवल सम्भावना बढेर आएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणले दुई जनाको ज्यान गएकोछ । मन्त्रालयका अनुसार मंगलबार १ सय ६७ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ३० छ । मंगलबार देशभर एक हजार ३ सय ९० संक्रिय सक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११५ जना निको भएका छन् । हालसम्म निको हुने २ लाख ७२ हजार ७ सय २७ पुगेको छ । त्यस्तै, मंगलबार ५३ जना क्वारेन्टिनमा छन् ।
गत २४ घण्टामा ३ हजार १ सय ४० जनाको पीसिआर परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २२ लाख ६७ हजार ४ सय ८ पुगेको छ ।