बाँकेमा हात्तीपाईले रोग बिरुद्धको अभियान शुरु


बाँकेमा हात्तीपाईले रोग बिरुद्धको अभियान शुरु

नेपालगन्ज १९ चैत : हात्तीपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियानको शुरु भएकोछ ।

हात्ती पाइले रोग विरुद्ध औषधी सेवन पूर्व कार्ययोजना भन्दा एक दिन अघि नै शुरु गरिएको हो । औषधी सेवन योजना भने भोली अर्थात चैत २० गते शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको थियो ।

औषधी सेवन योजनाभन्दा एक दिन पहिले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले संयुक्त रुपमा औषधी सेवन गर्दै आभियानको शुरुवात गरे ।

स्वास्थ्य कार्यालय बाँकेमा बिहीबार औषधी सेवन गर्दै उनीहरुले औषधी सेवन गर्न आम नागरिकलाई आग्रह समेत गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

औपचारिक रुपमा शुक्रबारबाट अभियानको शुरुवात हुने भएपनि जिल्लाको प्रमुखले औषधी खाएर सबैले सेवन गर्नुपर्छ भन्ने शन्देश दिनकै लागि औषधी सेवन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।

बाँकेका आठ वटा स्थानीय तहमा औषधी सेवन सतप्रतिशत गराउने योजना छ । सोही योजना अन्र्तगत सतप्रतिशत औषधी सेवन गराउने पालिकालाई जिल्ला समन्वय समितिको कोषबाट २५ लाख पुरस्कार प्रदान गर्ने समितिको योजना रहेकोछ ।

उपमहानगरपालिकामा मात्रै यस वर्ष एक लाख ६६ हजार ८ सय ८६ जना लक्ष्य लिइएको छ भने बाँके जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको छ ।

अभियानमा बाँकेका ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वंयसेवक खटिदैछन् ।

स्वास्थ्य कार्यालयका अनुसार गर्भवती, सुत्केरी र सिकिस्त विरामी बाहेक २ वर्षमाथिका सबैले औषधी खानुपर्नेहुन्छ । बाँके सहित १२ जिल्लामा आम औषधी सेवन कार्यक्रम सञ्चालन हुन लागेको हो । बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु गरिएपनि समुदायपिच्छे आमनागरिकमा औषधीप्रति गैरजिम्मेवार बन्दा हात्ती पाइले विरुद्धको औषधी सेवन अभियान सफल हुन सकेको छैन ।