नेपालगन्ज १९ चैत : भेरी अस्पताललाई ‘मातृ शिशुमैत्री’ अस्पतालको मान्यता प्रदान गरिएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले भेरीलाई ‘मातृ शिशुमैत्री’ अस्पतालको मान्यता दिएको हो ।
भेरी अस्पतालका प्रधिनिधिबीच बुधबार र बिहीबार भएको अभिमुखिकरण पश्चात अस्पतालले मातृ शिशुमैत्री अस्पतालको मान्यता पाएको अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए ।
अस्पतालले मातृ शिशुमैत्री अस्पतालको मान्यता पाएसँगै २० बुँदे प्रतिबद्धतामा विभागका निर्देशक डाक्टर तारानाथ पोखे्रल र अस्पतालका मेसु डाक्टर थापाले संयुक्त रुपमा हस्ताक्षर समेत गरेकाछन् ।
सरकारले नेपालमा ‘मातृ शिशु पोषण स्थिति’मा सुधार ल्याउने महत्वपूर्ण कदमका रुपमा मातृ शिशुमैत्री अस्पताल अभियान सुरु गरेको छ । अभियानलाई पाँच वर्षभित्र सबै अस्पतालमा पु¥याउने लक्ष्य लिएको सरकारको योजना अन्र्तगत भेरी अस्पताल मातृ शिशुमैत्री बनेको हो ।
न्युनतम सेवा मापदण्ड कार्यान्वयनका सन्दर्भमा हाल सम्मको स्कोरीङ भएका संघीय अस्पतालहरू मध्ये भेरी अस्पतालले ६१ प्रतिशत स्कोरका साथ अग्र स्थानमा रहेकोछ । गत वर्ष जम्मा ३५ प्रतिशत रहेको थियो भने स्कोरिङमा हालसम्म दोस्रो स्थानमा भरतपुर अस्पताल रहेको छ । जसको स्कोरिङ ५२ प्रतिशत रहेकोछ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन