२० दिनमा १५ जनामा क्यान्सर भेटियो : कार्यकारी निर्देशक डाक्टर आचार्य

राष्ट्रपति भण्डारीले बैशाखमा अस्पताल उद्घाटन गर्ने


२० दिनमा १५ जनामा क्यान्सर भेटियो : कार्यकारी निर्देशक डाक्टर आचार्य

खजुरा (बाँके) २० चैत : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आएका १५ जना ब्यक्तिमा क्यान्सर पत्ता लागेकोछ ।

अस्पतालले क्यान्सर रोगको प्रकृति पत्ता लगाउने विधि हिस्टोप्याथालोजी सेवा शुरु गरेको २० दिनमै १५ जना ब्यक्तिमा क्यान्सरका केस पत्ता लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्णप्रसाद आचार्यका अनुसार अस्पतालले मानिसमा कस्तो प्रकारको क्यान्सर रहेको छ भनेर पत्ता लगाउने हिस्टोप्याथालोजी सेवा यही चैत १ गतेदेखि सञ्चालन गरेको छ । हिस्टोप्याथोलोजी सेवा शुरु गरेको २० दिनको अवधि सम्म अस्पतालमा उपचार गराउन आएका मध्ये संकास्पद ब्यक्तिको स्वास्थ्य जाँच गर्दा १५ जनामा क्यान्सरको केस पत्ता लागेको हो ।

अस्पतालले सेवा विस्तार गर्ने क्रममा शुरु गरेको हिस्टोप्याथोलोजी सेवाले संकास्पद विरामीका मासुको टुक्रा निकालेर कस्तो प्रकारको क्यान्सर छ भनेर पत्ता लगाइन्छ । सोही सेवा अन्र्तगत उनीहरुमा क्यान्सर रहेको पत्ता लगेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

असोजदेखि अस्पतालमा नयाँ व्यवस्थापन शुरु भएसंगै ६ महिनाको अवधिमा एक सय ८० बढि विरामीहरुलाई किमो थेरापी सेवा प्रदान गरिएकोछ । कार्यकारी निर्देशक डाक्टर आचार्यका अनुसार गत मंसिर ५ गतेबाट अप्रेशन सेवा शुरु गरि हालसम्म विभिन्न किसिमका अप्रेसनमा ९४ जनाले सेवा लिएकाछन् ।

अस्पतालले विभिन्न विभागमा आवश्यक ३८ जना प्राविधिक तथा अप्राविधिक कर्मचारी भर्ना गरि सेवा सुचारु गरेको उनले बताए ।

जसमध्य ११ जना विशेषज्ञ डाक्टर, मेडिकल अफिसर ४ जना, नर्सिङ अफिसर १ जना, स्टाफ नर्स २ जना, ल्याव टेक्नोलोजिस्ट, ल्याव टेक्निसियन, रेडिएसन टेक्नोलोजिष्ट, रेडियोग्राफर, फार्मेसी सहायक, कम्प्युटर अपरेटर १÷१ जना र फार्मेसी सहायक, कार्यालय सहयोगी ३÷३ जना गरी ३८ जना जनशक्ती व्यवस्थापन गरिएकोछ ।

पत्रकार सम्मेलनमा अस्पतालका सस्थापक तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालमा उपचारमा आउने गरिव तथा विपन्नवर्गका विरामीहरुलाई सहुलियत दिएको बताए । बताउदै उनले अस्पताल विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष भक्त बहादुर केसीले अस्पतालले आगामी ६ महिनाभित्र क्यान्सरका सम्पुर्ण उपचार सेवाहरु प्रदान गर्ने गरि सेवा विस्तार गरिने बताउँदै अस्पताल पुर्ण रुपमा सञ्चालनको विधिवत उद्घाटन राष्ट्रपतिद्वारा गराउने तयारी भएको बताए ।

राष्ट्रपति भण्डारीले बैशाखमा उद्घाटन गर्ने

सुशील कोईराला प्रखर क्यान्सर अस्पतालले आगामी बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिकरुपमा अस्पताल उद्घाटन गर्ने जनाएकोछ ।

औपचारिक रुपमा अस्पताल उद्घाटन गर्ने योजनामा रहेको अस्पतालले अस्पताल सञ्चालनका सम्पूर्ण तयारी पुरा गरि सबै सेवा सञ्चालन गर्ने योजनामा रहेको छ ।

पछिल्ला दिनमा विरामीको चाप बढ्दै गएपछि अस्पतालले सबै प्रकारको सेवा उपलब्ध गराउने तयारी गरेको हो । क्यान्सरका विरामीहरुको उपचारका लागि भारत तथा चितवन जानु पर्ने अवस्था अन्त्य गर्ने ध्ययका साथ सबै सेवा सञ्चालनको तयारीमा अस्पताल रहेको छ ।

क्यान्सर अस्पतालसंगको सहकार्यमा भेरी अस्पतालमा समेत क्यान्सरको ओपिडी सेवा सुरु गरिएकोछ । हप्ताको मंगलवार र विहीबार भेरी अस्पतालमा क्यान्सरका विरामीको परीक्षण भइरहेको छ । त्यसका लागि खजुरा क्यान्सर अस्पतालका चिकित्सक नै ओपिडीमा बस्ने गरेका छन् ।

अस्पतालको सेवा विस्तार

अस्पतालले विरामीहरुकोे सेवालाई थप फराकिलो र सहज बनाउन रेडियोलोजी सेवा विहान साढे ९ बजेदेखि नै सुरु गरेकोछ । यसअघि दिउँसो २ बजे पछि मात्रै रेडियोलोजी सेवा सुरु हुने गरेको थियो ।

विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अस्पतालको सेवा खुला रहेको अस्पतालमा तत्काल डाइलासिस र ब्राकी थेरापी सुरु हुनेछ । डाइलासिस मेसिनका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्दैछ ।

तीन वटा डाइलासिस मेसिनको प्रतिबद्धता प्रदेश सरकारले गरेको छ । यस्तै ब्राकी थेरापीका लागि उपकरण आइसकेको छ । लिन्याक मेसिन खरिद गरेर रेडियसन थेरापी समेत शुरु गर्ने तयारी अस्पतालले गरेको छ । अस्पतालले स्वास्थ्यकर कोषमाफर्त विपन्न तथा गरिव व्यक्तिको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग समेत गर्दै आएको छ ।

२०६२ साल मंसिर २७ गते गठित प्रखर परोपकार मिसन नेपाल संस्था द्वारा परिकल्पना गरिएको नेपाल क्यान्सर अस्पताल गैर नाफामुलक सेवा मुखी उद्देश्यका साथ महायज्ञको र जनताको प्रत्यक्ष सहभागितामा मुठिदान गरेर सुरु भएको बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालको २०७३ फागुन १३ गते मन्त्रिपरिषद्द्वारा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रुपमा नाम परिवर्तन गरिएको थियो । यो क्यान्सर अस्पतालले २०७५ अषाढ ११ गते देखी ओपीडी सेवा शुरु गरि क्यान्सरका बिरामीहरुलाई किमोथेरापी सेवा समेत दिदैँ आएकोछ ।