वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

नेपालगन्ज २६ चैत : आगामी बैशाख ६ र ७ गते बालबालिकालाई भिटामि ए खुवाइदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ ।

अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ। यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न भनेको छ ।

मन्त्रालयले अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेदेखि बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गर्नेसम्मको रहेको छ ।