File Photo
नेपालगन्ज २६ : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएकाछन् ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताउँदै स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउन आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सको बिहीबार ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी सकेसम्म लकडाउन गर्दैनौं । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ । त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमणबाट बच्न र मुलुकमा लकडाउन गर्नुपर्ने स्थिति आउन नदिन सबैलाई स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउन आग्रह गरे ।
पुनः बेसार पानी खान आग्रह गर्दै, सफा सुग्घर हुन, साबुन पानीले हात मुख नियमित धुन र बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गरे ।
पछिल्लो पटक नेपालमा कोरोना भाइरस संक्रमणको दर उकालो लागिरहेकोछ ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस