प्रधानमन्त्री ओलीले भने –‘फेरि देशमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ’


प्रधानमन्त्री ओलीले भने –‘फेरि देशमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ’

File Photo

नेपालगन्ज २६ : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएकाछन् ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताउँदै स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउन आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सको बिहीबार ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी सकेसम्म लकडाउन गर्दैनौं । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ । त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

सो अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमणबाट बच्न र मुलुकमा लकडाउन गर्नुपर्ने स्थिति आउन नदिन सबैलाई स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउन आग्रह गरे ।

पुनः बेसार पानी खान आग्रह गर्दै, सफा सुग्घर हुन, साबुन पानीले हात मुख नियमित धुन र बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गरे ।
पछिल्लो पटक नेपालमा कोरोना भाइरस संक्रमणको दर उकालो लागिरहेकोछ ।