देशभर थपिए ३३२ जना कोरोना संक्रमित


देशभर थपिए ३३२ जना कोरोना संक्रमित

नेपालगन्ज २६ चैत : नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका तीन सय ३२ सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।