नेपालगन्ज २६ चैत : नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
थपिएका तीन सय ३२ सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस