कोरोनाको संक्रमण बढ्यो, शैक्षिक संस्था बन्द गर्न सिफारिस


कोरोनाको संक्रमण बढ्यो, शैक्षिक संस्था बन्द गर्न सिफारिस

नेपालगन्ज २७ चैत : बालबालिकामा कोरोना संक्रमण बढ्दै गएपछि शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेकोछ ।

मन्त्रालयले नयाँ भेरियन्टको कोरोना तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले पछिल्लो समय विद्यार्थीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्था अनलाइनबाट सञ्चालन गर्न अनुरोध समेत गरेको छ ।

‘बिहीबारको संक्रमणलाई हेर्दा १७ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित भएका छन् । हाल संक्रमण फैलिने ठाउँ विद्यालय देखिएको छ,’ डाक्टर अधिकारीले भने, ‘तत्काल नै विद्यालय बन्द गरिएन भने अवस्था भयावह हुनसक्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समय १८ वर्षसम्मका उमेर समूहका विद्यार्थीमा संक्रमण बढ्दै गएको पाइएको छ । हालसम्म कुल संक्रमितमध्ये बालबालिकामा ७ प्रतिशत संक्रमण देखिएको छ ।