‘कोरोनाको त्रास : देश फेरि लकडाउन हुने’


‘कोरोनाको त्रास : देश फेरि लकडाउन हुने’

File Photo

नेपालगन्ज २८ चैत : प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा कोरोनाको त्रास पुनः बढेको भन्दै सचेत रहन आग्रह गरेकाछन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘कोरोनाको स्थिति भयावह हुनसक्ने अवस्था आए देश पुनः लकडाउन हुनसक्छ । सबैले सचेतना अपनाऔं ।’

‘समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, संक्रमणको गति जसरी पनि रोक्नुपर्छ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उनले भने ।