भेरीमा दुल्लुकी ७३ वर्षीया महिलाको मृत्यु
नेपालगन्ज २९ चैत : भारतको महाराष्ट्रबाट आएका बाँके खजुराका एक युवालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार भारतबाट आएका खजुरा गाउँपालिका वडा नम्बर– ४ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
भारतको महाराष्ट्र, गुजरातलगायत ठाउँबाट आएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच हुने गरेको छ । यो नाकामा चैत्र महिनामा भारताट आएका ११ जनालाई कोरोना पुष्टि भइसकेको छ ।
कोरोना पुष्टि भएकाहरुलाई भेरी अस्पताल नेपालगन्जमा राख्ने गरिएको छ । भारतबाट आएकोलाई मात्रै होइन, बाँकेमै पनि दैनिकजसो नै कोरोना संक्रमित देखापरिरहेका छन् । चैत्र महिनामा बाँकेमा एक सय ५५ जनामा कोरोना पुष्टि भएको वलीले जानकारी दिए ।
भेरीमा दुल्लुकी ७३ वर्षीया महिलाको मृत्यु
यसैबीच, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका–७ दैलेखकी ७३ वर्षीया महिलाको उपचारका क्रममा शनिवार साँझ ५ः २५ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।
उनी केही दिन अघिमात्रै नेपालगन्जमा बस्दै आएकी थिइन् । नेपालगन्जमा उनको छोरीको घर छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको यही कोरोना परीक्षण गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको थियो ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?