नेपालगन्ज ३० चैत : नेपालमा एकै दिन कोरोना भाइरसले १३ जनाको ज्यान लिएकोछ ।
पछिल्लो २४ घण्टामा देशभरका १३ जना कोरोना संक्रमितको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणको जोखिम झन बढेर आएकोछ ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आईतबार एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामै ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार एक सय ५ जनाको पीसिआर परीक्षण गरिएकोछ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ ।
हाल देशभरका विभिन्न क्वारेन्टिनमा ८५ जना संक्रमित रहेकाछन् भने एकै दिन एक सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २ लाख ७४ हजार एक सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएको छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा