चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई कोरोना खोप लगाइने


चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई कोरोना खोप लगाइने

File Photo

नेपालगन्ज ३० चैत : सरकारले भोली मङ्गलबारदेखि चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका ब्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएकोछ ।
चिनियाँ कम्पनीको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ ती ब्यक्तिहरुलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय समेत गरेकोछ ।

मन्त्रालयका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउने निर्णय गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार स्वास्थ्यकर्मी, फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ । यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड–१९ विरुद्धको खोप लगाउन सक्ने छन् ।

उनले भोली(मङ्गलबार)देखि नै उनीहरुलाई खोप लगाउने काम शुरु हुने बताए । उनले चैत २९ गतेसम्म ३१ हजार व्यक्तिले भेरोसेल खोप लगाएको जानकारी दिए ।
पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या र मृतक संख्या बढेर आएकोछ ।