भेरी अस्पतालको कोभिड वार्ड भरियो, थप विरामी राख्ने सकस


भेरी अस्पतालको कोभिड वार्ड भरियो, थप विरामी राख्ने सकस

File Photo

नेपालगन्ज ३० चैत : बाँकेमा कोरोना संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमित बिरामीहरूको संख्या अस्वाभाविक रूपमा वृद्धि भईरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

दिनहुँ भेटिने कोरोना संक्रमितका विरामीका कारण यतिबेला भेरी अस्पतालको कोभिड वार्ड भरिदै गएकोछ । भेरी अस्पतालमा कोरोना संक्रमित भरिँदै गएकाले अबका विरामीलाई कहाँ राख्ने भन्ने चिन्ताले यतिबेला सताएकोछ ।

बाँकेमा सोमबार ४४ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएका तीन जना र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ४१ जना गरी ४४ जनालाई कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७८ जनाको जाँच गरिएकोमा ४१ जनालाई कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै भारतको महाराष्ट्रबाट आएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–२ का ३५ वर्षीय एक पुरुष र उनका १२ वर्षका छोरालाई कोरोना पुष्टि भएको छ । सोमबार नै भारतबाट आएका सुर्खेत सिम्ताका १९ वर्षका किशोरलाई पनि कोरोना देखिएको छ ।

बाँकेमा कोरोनाका संक्रमित बढिरहेका छन् । भेरी अस्पताल नेपालगनजमा संक्रमितलाई राख्ने ठाउँको अभाव हुँदै गएको छ । केही बेड गम्भीर विरामीका लागि छुट्याइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर ओलीले भेरी अस्पतालमा कोरोना संक्रमित भरिँदै गएकाले अबका विरामीलाई कहाँ राख्ने भन्ने चिन्ता थपिएको बताए ।

सरकारले आइसोलेसन तयारी अवस्थामा राख्नका लागि पालिकाहरुलाई दश लाख रुपैयाँ दिएको भए पनि त्यसको सदुपयोग नभएको फोकलपर्सन ओलीको भनाइ छ ।
भेरी अस्पतालमा उपचाररत बिरामीहरू मध्य २४ जना सिकिस्त रहेको र ४ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेको ओलीले जानकारी दिए ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि त्यसको जोखिम नेपालमा समेत परेको छ । दिनहुँ डेढ लाख संक्रमित देखिन थालेपछि भारतमा रहेका नेपालीहरु विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन् ।

उनीहरूबाट जोखिम बढ्न सक्ने भन्दै सरकारले हरेक नाकामा हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच गरिरहेको छ । यसले पनि जिल्ला कोरोनाको उच्च जोखिममा रहेको प्रष्ट हुन्छ ।

यसैबीच, कोरोना संक्रमित एक महिलाको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ बर्दियाकी ७५ वर्षिय महिलाको मृत्यु भएको हो ।

कोरोना फोकल पर्शन ओलीले अनुसार आईतबार भेरी अस्पतालको कोभिड वार्डमा भेन्टिलेटरमा उपचाररत गेरुवा गाउँपालिका– ३ बर्दियाकी ७५ वर्षकी ती महिलाको मृत्यु भएको जानकारी दिए ।