नेपालगन्ज १ वैशाख : बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ९२ जना संक्रमितको मृत्यु भएकोछ ।
कोरोना महामारिकाबीच हालसम्म संक्रमित भइ उपचारका लागि आएका बाँके जिल्लाबाहिरका ९२ जना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार हालसम्म बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यसैबीच, भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल फोकल पर्सन ओलीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
कैलालीका ती पुरुषको मंगलबार राति ९ः५० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि चैत ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएको उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको उनले बताए । उनको मृत्युसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ९२ जनाको मृत्यु भइसकेकोछ ।
पछिल्लो समय भारतबाट नेपाल आउनेहरुमा कोरोना संक्रमण तिव्ररुपमा देखिन थालेपछि यतिबेला भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएकोछ ।
दिनहुँ संक्रमण पुष्टि हुने दर बढ्दोक्रममा छ । यही अनुरुप संक्रमितको संख्या बढ्ने हो भने २/३ दिनमै संक्रमित विरामीलाई उपचार गराउने ठाउँ भेरीमा नपुग्ने भन्दै उचित आइसोलेसन र क्वारेन्टिनको माग बढेकोछ ।
आइसोलेसन र क्वारेन्टिनको माग बढेपनि यस विषयमा जिल्लाका सम्बद्ध सरोकारवालाले खासै चासो नदिएको गुनासो आइरहेकोछ ।