एकैदिन देशभर थपिए ६०३ संक्रमित


एकैदिन देशभर थपिए ६०३ संक्रमित

नेपालगन्ज १ वैशाख : देशभर ६०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५८० जनाको पीसीआर र २३ जनाको एन्टीजेन पोजेटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा ४ हजार २८९ नमुना परीक्षण पीसीआर विधिबाट र ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

कुल संक्रमितमध्ये २५४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएको डा गौतमको भनाइ छ । उनका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जना गरी काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ४५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ५९९ जना छन् । देशभरका विभिन्न अस्पतालमा ८० जना आइसीयु र २५ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ६१ पुगेको छ। यस्तै देशभरीमा ७९ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ४४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।