कोरोना बीमाका लागि ९१ हजार ६७३ जनाको दाबी
नेपालगन्ज २ वैशाख : कोरोना बीमा दाबी बापत हालसम्म ६० हजार ५८७ जनाले भुक्तानी पाएका छन् । हालसम्म कोरोना बीमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बीमा समितिको तथ्यांक छ ।
चैत ३० सम्म कोरोना बीमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बीमा समितिले जनाएको छ ।
बीमा दाबी बापत आवेदन दिनेमध्ये ६६६ जनाले भने रकम नपाउने भएका छन् । नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाले दाबी रकम नपाउने समितिले जनाएको छ ।
कोरोना बीमासम्बन्धी मापदण्डअनुसार साढे ३ अर्बभन्दा बढीको दाबी भुक्तानी सरकारी कोषबाट हुन्छ ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस