नेपालगन्ज २ वैशाखः कोरोना भाइरस संक्रमणले यतिबेला नेपालगन्जलाई आफ्नो अधिनमा लिदैँछ । भुषको आगोसरी फैलिएको कोरोना संक्रमणले यतिबेला नेपालगन्ज हटस्पट बन्ने देखिएकोछ ।
कोरोना भाइरस संक्रमणकै बीच नेपालगन्जका सामुदायिक तर संस्थागत विद्यालयका १० जना शिक्षक र ५ जना विद्यार्थीमा कोरोना पुष्टि भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार नेपालगन्जका ५ सामुदायिक र ५ संस्थागत विद्यालय (बोर्डिङ स्कुल) का १० जना शिक्षक र ५ जना विद्यार्थीलाई कोरोना पुष्टि भएको हो ।
उनले सेतोखरीसंग कुरा गर्दै भने संक्रमित भएका शिक्षक र विद्यार्थी कुन–कुन विद्यालयका हुन त्यसको विस्तृत जानकारी लिने कार्य भइरहेकोछ । यद्यपी विद्यालय खुलेको छैन ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिले आगामी हप्ता आईतबारदेखि सात दिनका लागि उपमहानगरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?