भारतमा कोरोना फैलिएपछि घर फर्केका युवकको नेपालगन्जमा मृत्यु


भारतमा कोरोना फैलिएपछि घर फर्केका युवकको नेपालगन्जमा मृत्यु

नेपालगन्ज ३ वैशाखः रोजगारीका शिलसिलामा भारत गएका सुर्खेतका एक युवकको नेपालगन्जमा मृत्यु भएकोछ । भारतमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएपछि कोरोनाबाट बच्न भन्दै उनी एक हप्ता अघि नेपाल फर्केका थिए ।

सुर्खेत गुर्भाकोटका ३१ वर्षिय ती युवाको स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि आए ।

कोरोना आशंकामा उनको स्वाब परीक्षण गरियो । ल्याब रिर्पोट पोजेटिभ आएपछि उनलाई सोही दिन भेरी अस्पतालको कोभिड–१९ वार्डमा उपचारका लागि भर्ना गरियो ।

भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत सुर्खेत गुर्भाकोटका ती युवा कोरोनासंग लड्दै नयाँ जिवनको आशामा रहेका थिए । तर, कडाखाले कोरोना भाइरसको संक्रमणमा परेका ती युवाले कोरोनासंग हार खाए । अन्तत आज विहान ७ः३५ बजे मृत्युसंग लड्दै गर्दा मृत्युवरण हुनुप¥यो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार भेरीमा उपचाररत सुर्खेत गुर्भाकोटका ती ३१ वर्षिय युवाको आज विहान ७ः३५ बजे भेरीमै उपचारका क्रममा मृत्यु भयो । मृतकलाई कुनै दीर्घरोग नभएको बुझिएकोछ ।

पछिल्लो समय नेपाल–भारत सीमानाका जमुनाह भएर दिनहुँ हजारौंको संख्यामा नेपाली नेपाल प्रवेश गरिरहेकाछन् । यसरी नेपाल प्रवेश गर्नेहरुमा दिनहुँ कोरोना संक्रमण पुष्टि समेत भइरहेकोछ ।

नेपालगन्जमा बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गराउनुका साथै स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिरहेकोछ ।

भारतीय सीमाक्षेत्रमा आवजाउ नगर्न आग्रह गर्दै बाँके प्रशासनले सीमामा कडाई गर्नुका साथै जिल्लामा यसअघि रहेका सम्पूर्ण आइसोलेसन वार्ड, होल्डिङ सेन्टर र क्वारेन्टिलाई समेत पुनः सञ्चालनमा ल्याउने बताएकोछ ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आँउदा यो संगै मृत्यु हुनेकोसंख्या ९३ पुगेकोछ ।

यसैबीच, मेडिकल कलेजमा गरिएको परीक्षणमा ४५ जनालाई कोरोना पुष्टि भएकोछ । जिल्लामा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएकोछ ।