नर्भिक अस्पतालमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक


नर्भिक अस्पतालमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक

नेपालगन्ज ३ वैशाख : थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ ।

अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

देशका कुनै पनि अस्पतालले आफ्नो परिसरमा प्लाष्टिक ब्याग प्रयोगमा प्रतिबन्ध घोषणा गरेका थिएनन्। वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पताल समेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताएकी छिन् ।

यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन् । प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइने छैन ।