नेपालगन्ज ३ वैशाख : जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हिजोआज भारतबाट दैनिक रुपमा एक हजारदेखी २ हजारको संख्यामा नेपाली नागरिक फर्किने गरेका छन् ।
बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले अचेल दैनिक रुपमा एक हजारदेखि २ हजारको हाराहारीमा नेपाली नागरिक फर्किने गरेको बताए ।
‘भारतमा काम गरेर फर्केका नेपाली नागरिकको संख्या धेरै छ, घर फर्किरहेका नेपाली नागरिकलाई हामीले कसरी रोक्नु र ?’ उनले भने ‘सीमामा एउटा हेल्थ डेक्स राखिएको छ, त्यहाँ अनिवार्य रुपमा स्वास्थ्य जाँच गरिन्छ ।’ सीमा नाकामा सवारी साधनलाई भने आवत–जावतमा रोक लगाइएको रानाले बताए ।
भारतबाट फर्केका ब्यक्तिको चेकजाँचमा कडाई गर्न आफ्नो मातहतका प्रहरीलाई निर्देशन समेत दिइएको उनले बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?