नेपालगन्ज ३ वैशाखः भेरी अस्पताल नेपालगन्जका ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएकोछ । कोरोना संक्रमित हुने सबैले कोभिडसिल्ड खोप लगाएका छन् ।
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डाक्टर प्रकाश थापाका अनुसार भेरी अस्पतालको शल्यक्रिया कक्ष, वार्ड र प्रशासनमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि अस्पतालका अन्य स्वास्थ्यकर्मीको पनि पीसिआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । उक्त नमुना संकलनको रिपोर्ट शनिबारसम्म आउने हुँदा अस्पतालका अन्य स्वास्थ्यकर्मीमा कोरोना फैलिएको छ छैन पत्ता लाग्ने मेसु थापाले बताए ।
आज संक्रमण पुष्टि भएकामध्ये भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी जसले कोरोनाको एक डोज र दुई डोज लगाएका थिए उनै स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ । तर, संक्रमित स्वास्थकर्मीको स्वास्थ्यमा जटिलता भने नदेखिएको मेसु डाक्टर थापाले सेतोखरीलाई जानकारी दिए ।
यसपटक पनि संक्रमितमा श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, जिउ दुख्ने जस्ता पहिलेकै जस्तो लक्षण देखिएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं