नेपालगन्ज ५ वैशाख : बालबालिकाको स्वास्थ्यप्रति खेलवाड गर्दै बाँकेका निजी विद्यालयले कोचिङ्गका नाममा सादा पोशाकमा विद्यार्थी बोलाएर पढाइरहेकाछन् ।
तीव्र गतिमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि बिहीबार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले आज आईतबारदेखि जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । तर, बाँकेका निजी विद्यालयले बालबालिकाको स्वास्थ्यप्रति खेलवाड गर्दै अधिकांश निजी विद्यालय खुला गरेको पाइएको हो ।
कोरोना भाइरस समुदायमै फैलिसकेको अवस्थामा बाँकेका अधिकांश विद्यालय तथा कलेजका शिक्षक र विद्यार्थी संक्रमित समेत भएकाछन् । ठूलोमात्रामा शिक्षक र विद्यार्थी संक्रमित भइरहेका बेला डिसिसिएमसीले शैक्षिक संस्था बन्द गर्न आग्रह गरिरहँदा त्यसको विरुद्ध निजी विद्यालय सञ्चालनमा आएका हुन् ।
अभिभावकले आईतबार विहान सेतोखरीलाई फोन गरि निजी विद्यालय खुला रहेको र बच्चाहरुलाई कोचिङ्गका नाममा सादा पोशाकमा बोलाएर पढाईरहेको जानकारी दिए ।
नेपालगन्जकी एक अभिभावकले भनिन्–‘बच्चा र हामी अभिभावकलाई समेत विद्यालयले बच्चा पढाउन नपठाए पढाई छुट्ने भन्दै दवाव दिए ।’ विद्यालयबाटै बच्चा पठाउन दवाव आएपछि बाध्य भएर पठाएको ती अभिभावकले सेतोखरीलाई जानकारी दिइन् ।
बाँकेका निजी विद्यालयले सादा पोशाकमा कोचिङ्गका नाममा विद्यार्थी पढाउदैँ गर्दा यसको प्रभावकारि अनुगमन हुन सकेकोछैन । यसअघि डिसिसिएमसिको बैठकले माक्स नलगाउने, माक्स विना ब्यापार गर्नेलाई कारबाही गर्ने बताइरहँदा जिल्लाका निजी विद्यालयले कोचिङ्गका नाममा सादा पोशाकमा विद्यार्थी बोलाएर पढाइरहेको अनुगमन हुन सकेकोछैन ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा