कोरोना फैलिएपछि इनरुवा नगरपालिकाभित्रका बिद्यालय बन्द


कोरोना फैलिएपछि इनरुवा नगरपालिकाभित्रका बिद्यालय बन्द

सुनसरी ५ वैशाखः कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै सुनसरी सदरमुकामको इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख राजन मेहताले आईतबार विज्ञप्ति जारी गरी कोरोनालाई थप फैलन नदिन नगरभित्रका बिद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

सर्वपक्षीय छलफलपछि नगरपालिकाले यो निर्णय गरेको हो । स्थानीय सरकारले सरोकारवालासँग छलफल गरेर निर्णय गरेको इनरुवाको नगर शिक्षा समिति सदस्य वसन्त सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार इनरुवाका दुई बिद्यालयका दुई विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय भएको हो ।

सरकारले संक्रमणको अवस्था हेरेर बिद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई नै दिएपछि पहिलोपल्ट सुनसरीमा इनरुवा नगरपालिकाले त्यस्ता क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नगरप्रमुखको वक्तव्यमा कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि नगरवासीलाई अनुरोध गरिएको छ ।