नेपालगन्ज ५ वैशाख : नेपालमा एकैदिन एक हजार बढि कोरोना संक्रमित भेटिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकका अनुसार नेपालमा थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८४ नमुनाको पीसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो । ती मध्ये पीसिआर विधिबाट १ हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोछ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २९० जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा ५ हजार ७१४ जना रहेका छन् । यस्तै देशभर ११६ जना आइसियु र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् ।
पछिल्लो २४ घण्टामा २ सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् ।
यसबीच पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा