नेपालगन्ज ५ वैशाख : भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भेरीको कोभिड आईसोलेशन वार्डमा उपचाररत बर्दिया गेरुवा गाँउपालिका –४ की ५२ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि चैत्र ३१ गते अस्पताल भर्ना भएकी ती महिलाको आज (आईतबार) दिउँसो ३ः५५ बजे मृत्यु भएको जिल्लाका कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँकेमा आएका ९७ जना संक्रमितको मृत्यु भएको छ भने बाँकेका ६० जनाको मृत्यु भइसकेकोछ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा