नेपालगन्ज ६ वैशाख : कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका बाँके कोहलपुरका एक बृद्धको मृत्यु भएकोछ ।
कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका बाँके कोहलपुर वडा नम्बर १४ का ७५ वर्षिय बृद्धको आईतबार राती मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार आईतबार राती १२ बजे उनको आफ्नै घरमा बसेको बेला मृत्यु भयो । योसंगै बाँकेमा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ६१ पुगेकोछ ।
मृतक ती बृद्ध दीर्घरोगी (पक्षपात) को रोगी भएको, उपचारका लागि भारत गई बैशाख ४ गते नेपाल फर्केको र बैशाख ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भइ कोरोना परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ ती बृद्धको स्वास्थ्य अवस्था एकदमै गम्भीर बन्दै गएपछि अस्पतालकै सिफारिसमा परिवारको सल्लाहमा घरमै लगेर राखेको फोकल पर्सन ओलीले बताए । घरमै रहेर स्वास्थ्य लाभ लिइरहेका उनको मृत्यु भएको हो ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा