भोलीदेखि दोस्रो खोप लगाइदैं
File Photo
नेपालगन्ज ६ वैशाखः कोरोना भाइरस विरुद्धको खोप अभियान अन्र्तगत पहिलो खोप लगाएकाहरुलाई दोस्रो खोप भोली मङ्गलबारदेखि लगाइदैछ ।
सरकारले देशैभर पहिलो खोप लगाएकाहरुलाई करिब दुई महिनाको अन्तरपछि दोस्रो खोप लगाउँदैछ । कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएकाहरुले दोस्रो खोप लगाउनै पर्छ ।
यतिबेला कोरोना भाइरस संक्रमणको प्रकोप समुदायस्तरमै फैलिसकेको अवस्थामा दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेकोछ । कोरोना भाइरस संक्रमणकै बेला पहिलो खोप डोज लगाएकाहरुले दोस्रो डोज खोप लगाउन नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले आग्रह समेत गरेकाछन् ।
उनले सोमबार दिउँसो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत यसअघि गत माघ १४ गतेदेखि माघ २४ गतेसम्म र फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियानमा पहिलो मात्रा लिएका सबैले अनिवार्य दोस्रो मात्रा लिन आग्रह गरेका हुन् ।
खोप अभियान अन्र्तगत पहिलो मात्रा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, जनप्रतीनीधि, सरसफाइकर्मी, उपमहानगरपालिका अन्तरगतका अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतले लगाएका थिए ।
सरकारले दोस्रो चरणको खोप अभियान अन्र्तगत भोली वैशाख ७ गतेदेखि खोप अभियान सञ्चालन गरिरहेकोछ । नेपालगन्जमा पनि सोही योजनाअनुरुप वैशाख ७ र ८ गते नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा बिहान १०ः०० बजे देखि ४ः०० बजेसम्म खोप लगाउने कार्यक्रम तय भएको छ ।
साथै अन्य कार्यालयको हकमा भेरी अस्पतालमा सञ्चालन हुने खोप केन्द्र समन्वय गरि खोप लगाउन समेत उनले आग्रह गरेकाछन् ।