नेपालगन्ज ६ वैशाख : पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसिआर परीक्षणमा एक हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी एक हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन् । यसअघि आईतबार एक हजार ९६ जना कोरोना संक्रमित भेटिएका थिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।
यसैगरि देशभर हालसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पीसिआर परीक्षण भएको छ । गत २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ । हाल ८१ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा