नेपालगन्ज ६ वैशाखः भेरी अस्पताल नेपालगन्जमा निःशुल्क पीसिआर परीक्षण गराउनेको चाप बढेकोछ ।
भेरी अस्पतालले सोमबारदेखि लक्षण भएका ब्यक्तिलाई चिकित्सकले सिफारिस गरेमा निःशुल्क पीसिआर जाँच गराउने व्यवस्था गरेसंगै यतिबेला भेरीमा पीसिआर परीक्षण गराउनेको चाप बढेको हो ।
भेरी अस्पतालको ओपिडी वा इमरजेन्सीमा खटिएका चिकित्सकले पीसिआर गर्न सिफारिस गरे मात्र निःशुल्क परीक्षण गर्ने अस्पताल विकास समितिले निर्णय गरेको छ।
अन्य सेवाग्राहीले स्वेच्छिक रुपमा पीसिआर परीक्षण गराउन चाहेमा एक हजार शुल्क तिरेर यो सेवा लिइरहेकाछन् ।
यसबीच भेरी अस्पतालमा कोभिड–१९ को जाँच गराउन चाहिने एक्ट्रयाक्सन कीट र अन्य रिएजेन्ट पर्याप्त मात्रामा नभएको पाइएको छ ।
एक्ट्रयाक्सन किट र अन्य रिएजिन्ट सामाग्री पर्याप्त मात्रामा नभएपछि अस्पतालले प्रदान गरिरहेको निःशुल्क पीसिआर परीक्षण समेत प्रभावित हुने हुदाँ बन्द समेत गर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेकोछ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा