कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना


कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना

नेपालगन्ज ६ वैशाखः कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

श्रेष्ठले कोरोना देखिएपछि सास्ती हुने रहेछ भन्दै यसलाई खेलाँची नगर्न पनि आग्रह गरेका छन् ।

कोरोनाबाट जति सकिन्छ सर्तक रहन पनि उनले अनुरोध गरेका छन् । यसका साथै श्रेष्ठले आफ्नो जन्मदिन पनि परेकाले शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।