देशभर कोरोना विरुद्धको दोस्रो डोज लगाइदैँ


देशभर कोरोना विरुद्धको दोस्रो डोज लगाइदैँ

नेपालगन्ज ७ वैशाख : कोरोना भाइरस विरुद्धको खोप अभियान अन्र्तगत पहिलो खोप लगाएकाहरुलाई दोस्रो खोप आज मङ्गलबारदेखि देशभर लगाइदैछ ।

सरकारले देशैभर पहिलो खोप लगाएकाहरुलाई करिब दुई महिनाको अन्तरपछि दोस्रो खोप लगाउँदैछ । कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएकाहरुले दोस्रो खोप लगाउनै पर्छ ।

यतिबेला कोरोना भाइरस संक्रमणको प्रकोप समुदायस्तरमै फैलिसकेको अवस्थामा दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेकोछ । कोरोना भाइरस संक्रमणकै बेला पहिलो खोप डोज लगाएकाहरुले दोस्रो डोज खोप लगाउन बाँकेमा पनि ८ वटै पालिका तहमा सुरु गरिएकोछ ।

यसअघि गत माघ १४ गतेदेखि माघ २४ गतेसम्म र फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियानमा पहिलो मात्रा लिएका सबैले अनिवार्य दोस्रो मात्रा लिनुपर्ने हुन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

खोप अभियान अन्र्तगत पहिलो मात्रा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, जनप्रतीनीधि, सरसफाइकर्मी, उपमहानगरपालिका, नगरपालिका अन्तरगतका अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतले लगाएका थिए ।

सरकारले दोस्रो चरणको खोप अभियान अन्र्तगत आज वैशाख ७ गतेदेखि खोप अभियान सञ्चालन गरिरहेकोछ । नेपालगन्जमा पनि सोही योजनाअनुरुप वैशाख ७ र ९ गते नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा बिहान १०ः०० बजे देखि ४ः०० बजेसम्म खोप लगाउने कार्यक्रम तय भएको छ ।

साथै अन्य कार्यालयको हकमा भेरी अस्पतालमा सञ्चालन हुने खोप केन्द्र समन्वय गरि खोप लगाउन समेत उनले आग्रह गरेकाछन् । यस्तै जिल्लाका अन्य पालिकाहरुमा समेत यसअघि खोप लगाएका स्थानमा गएर दोस्रो खोप लगाउन सकिनेछ ।