बाँकेमा ‘लकडाउन’


बाँकेमा ‘लकडाउन’

नेपालगन्ज ७ वैशाख : तिव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँकेमा लकडाउन गरिने भएकोछ ।

मङगलबार दिउँसो सर्वपक्षिय सर्वदलिय बैठकमा बाँके जिल्लामा कोरोना संक्रमणको ‘साङलो’ तोड्न डिसिसिएमसी बाँकेले बिहीबारदेखि लकडाउन हुने जनाएकोछ ।

बैठकमा कोरोना संक्रमणका कारण अस्पताल भरिभराउ भएको र लकडाउन बाहेक अर्को विकाल्प नभएको सर्वपक्षिय सुझाव दिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विहीबारदेखि लकडाउन हुने र यो सूचना बाहिर लगिदिन भनेका थिए ।

पहिलो चरणमा एक साता लकडाउन गरिने र त्यसपछि आवश्यकता अनुसार थप गर्न सकिने प्रजिअ गेलालले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सर्वपक्षिय बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डाक्टर नितेश कनोडिया, वेस्र्टन हस्पिटलका प्रवन्ध निर्देशक डाक्टर राहुल थापा, विभिन्न राजनितिक दल, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, पत्रकार, नेपाली सेना, नेपाल प्रहरी लगायतका सहभागिता रहेको थियो ।

कोरोना विरामीको उपचार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मात्र भैरहेकोछ । यी अस्पतालले कोरोना विरामी राख्न ठाउँ नभएको र लकडाउन गरि सम्पूर्ण प्रवन्ध मिलाउन बैठकमा आग्रह गरेपछि चौतर्फीरुपमा कोरोना नियन्त्रण गर्न लकडाउन नै गर्नुपर्ने निस्कर्षमा सबै पुगेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर राणाले तत्काल एक साताका लागि लकडाउन गर्न आग्रह गरेका थिए । लकडाउन अवधिभर लामो दूरीका सवारी साधनदेखि मान्छे समेत सडकमा हिडडुल गर्न पाउने छैनन् । खाद्यान्न किनमेल गर्न र अत्यावश्यक काममा हिँड्न भने पाइनेछ ।

बाँकेका एसपी ओमबहादुर रानाले लकडाउन पूर्णरुपमा कडाई गरि अनुमति बाहेकका सबै कुराहरुमा पूर्णरुपमा रोक लगाईने बताए ।

भेरी अस्पतालमा चैत २० गतेदेखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भइसकेकोछ । पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार बाँकेमा ३२२ जना संक्रमित फेला परेकाछन् । यो अहिलेसम्मकै सर्वाधिक उच्च दर हो ।