नेपालगन्ज ७ वैशाख : देशभर पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु हुदाँ एक हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर ८ हजार ६५९ जना सक्रिय संक्रमित पुगेका छन् । ८ हजार ५५ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ७३६ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म २ लाख ८७ हजार ५६७ जनालाई कोरोना सक्रमण पुष्टि भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्गलबार देशभर २५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने २ लाख ७५ हजार ८०६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ । अहिलेसम्म देशभर ३ हजार १०२ संक्रमितको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभर ९२ जना संक्रमित क्वारेन्टिनमा रहेकाछन् ।