बेडको उपलब्धता र उपचारको सुनिश्चिततापछि मात्र बिरामी पठाउन निर्देशन


बेडको उपलब्धता र उपचारको सुनिश्चिततापछि मात्र बिरामी पठाउन निर्देशन

काठमाण्डौ ७ वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेकाले शय्याको उपलब्धता र उपचार पाउने सुनिश्चित भएपछि मात्र अन्य अस्पतालमा बिरामी पठाउन गर्न निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले सबै अस्पताललाई पत्राचार गर्दै कुनै पनि अस्पतालमा आइपुगेका बिरामीको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु परे आवश्यक समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयले कोरोना संक्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएकोसमेत बताएको छ ।