नेपालगन्ज ७ वैशाख : राजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई कोरोना संक्रमण देखिएको छ ।
भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका दुबै जनामा कोरोना संक्रमण देखिएको हो ।
राजाको सचिवालयले दुबैमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
नेपाल फर्केपछि दुबैको पीसिआर परीक्षण गरिएको थियो । मंगलबार पीसिआर रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको सहयोगी फणिराज पाठकले बताए ।
दुबै जना अहिले निर्मल निवासको सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पाठकले बताए । -सेतोपाटीबाट
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?