नेपालगन्ज ८ वैशाख : बाँकेका थप दुई कोरोना संक्रमितको मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई संक्रमितको मृत्यु भएकोछ । मृत्यु हुने दुवै बृद्ध(पुरुष) संक्रमित बाँकेका हुन् ।
केन्द्रका फोकल पर्शन तेज ओलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज वडा नम्बर–१२ का ७० वर्षीय बृद्धको बुधबार राती १२ बजे मृत्यु भएको हो ।
गत चैत २९ गते आएको पीसिआर जाँच रिर्पोटमा उनमा कोरोना पोजेटिभ पाइएको थियो । सोही दिन राती ९ बजे भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका उनको उपचारका क्रममा बुधबार राती १२ बजे मृत्यु भएको हो ।
यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ९० वर्षिय बृद्धको मृत्यु भएकोछ । कोहलपुर नगरपालिका वडा नम्बर–१२ का ती बृद्धको वैशाख ६ गते पीसिआर रिर्पोट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ पाइएका ती बृद्धलाई सोही दिन बेलुका ६ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखेर उपचार गरिएको थियो ।
उपचारका क्रममा उनको बुधबार विहान ७ बजे मृत्यु भएको फोकल पर्शन ओलीले जानकारी दिए । ओलीका अनुसार हालसम्म कोरोना संक्रमित बाँके ६६ जनाको मृत्यु भइसकेको छ । भने बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ९८ जना संक्रमितको मृत्यु भएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?