नेपालगन्ज ८ वैशाखः कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले (त्रिवि) अनलाइन कक्षा सञ्चालन गर्ने भएकोछ ।
त्रिविले कोभिड– १९ बाट अति प्रभावित जिल्लामा सैद्धान्तिक कक्षा अनलाइनबाट लिन निर्देशन समेत दिएको छ ।
बाँकी जिल्लाहरुको हकमा पनि स्थानीय निकायसँग समन्वय गरी आवश्यक सुरक्षाका उपाय अपनाइ कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ ।
परीक्षाको हकमा आवश्यक कर्मचारी र सुरक्षा व्यवस्था अपनाई परीक्षा सञ्चालन गर्न त्रिविले निर्देशन दिएको हो ।
यस्तै, त्रिविले २५ जना भन्दा बढी राखेर भीड नगर्न र सभा सम्मेलन अनलाइनमै गर्न भनेको छ ।
अनलाइन कक्षा सञ्चालनका लागि इमेल नबनेको भए सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रमा सम्पर्क गर्ने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले जानकारी दिएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?