डुडुवा गाउँपालिकाका सबै शैक्षिक संस्था बन्द


डुडुवा गाउँपालिकाका सबै शैक्षिक संस्था बन्द

डुडुवा (बाँके) ८ बैशाख : बाँकेको डुडुवा गाउँपालिकाले भोली बिहीबारदेखि एक साताका लागि गाउँपालिका अन्र्तगतका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ ।

विश्वव्यापी रुपमा तिब्र गतिले फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले यस पालिका अन्र्तगतका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण भएको र बढदै गएपछि जोखिम न्यूनीकरण गर्न शैक्षिक संस्थाहरु बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले आज बुधबार एक सूचना जारी गरि भोली बिहीबारदेखि बैशाख १५ गतेसम्म विद्यालय बन्द रहने जानकारी गराए । गाउँपालिकाले यस अघि सबै विद्यालयहरुमा सावधानी तथा जोखिम न्यूनीकरण गर्न स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।

दैनिक संक्रमणको दर बृद्धि भएपछि सम्पूर्ण नागरिकहरुलाई उच्च सर्तकता अपनाउन गाउँपालिकाले अपील समेत गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले यो समयमा विशेषगरि घरभन्दा बाहिर ननिस्कने, बढी भिडभाड हुने स्थानमा नजाने, मास्क लगाउने तथा स्वास्थ्य सरसफाईमा ध्यान दिने लगायतका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न सबैलाई अनुरोध गरेका छन् ।